मेलिना राई र निक्सोन लिम्बुको स्वर रहेको ‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा निराजन प्रधान र रीमा विश्वकर्माको अभिनय रहेको छ।
‘एसियन म्यूजिक’ले बजार प्रबर्धन गरेको यस गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ। निकै रमणीय स्थालामा खिचिएको गीतको भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, मिलन शंकरको छायाँकन छ।
कार्यक्रममा बोल्दै निर्देशक पोख्रेलले भिडियोलाइ आकर्षक बनाउने कोशिश गरेको भन्दै सबैले मन पराउनेमा विश्वस्त भएको बताए। त्यस्तै कार्यक्रमका प्रमुख अतिथी बनेर आएका संगीतकार राजु सिंहले गीत राम्रो बनेको बताए।