छविराज ओझाको निर्माणमा बनेको फिल्म ‘मंगलम’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मंगलबार फिल्मको प्रदर्शन मिति तय गर्दै फस्ट लुक्स पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टरमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले बोकेको फोटो फ्रेममा नायिका शिल्पा पोखरेल, नायक पुष्पल खड्का र पृश्वीराज प्रसाईं प्रस्तुत छन्। फिल्म असोज ११ गतेदेखि फिल्म प्रदर्शन हुँदैछ।
फिल्मको रिलिज मिति नजिकिदै गर्दा आफ्नो प्रदर्शन मिति तय गरी फस्टलुक सार्वजनिक गरिएको हो। नवल नेपालले निर्देशन गरेको फिल्ममा शिल्पा पोखरेलको लगानी रहेको छ भने फिल्मको कार्यकारी निर्माता छविराज ओझा हुन्।
त्यसो त असोज ११ गतेबाट दीपक-दीपाको ‘छक्का पन्जा २’ पनि प्रदर्शनमा आउदै छ। त्यस मितिमा अब ‘मंगलम’ र ‘छक्का पन्जा २’ जुद्ने निश्चित नै भैसकेको छ। दुई ठुला व्यानरका फिल्म एकसाथ प्रदर्शनमा आउदा दुबैलाई घाटा हुने देखिन्छ।