असोज ११ गते अर्थात फूलपातीको दिनदेखि देशभरबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीको समय अनुसार सार्वजनिक गरिएको हो। ट्रेलरमा फिल्मका प्राय: मुख्य कलाकारहरु देखिएका छन्। दीपकराज प्रहरीको भेषमा देखिएका छन् भने गौरव पहरीलाई पनि ट्रेलरमा देख्न सकिन्छ।
दिपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, किरण केसी, बुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतको मुख्य भूमिका रहेको छ।
दीपक-दीपाको प्रस्तुतीमा तयार भएको फिल्ममा जीतु नेपाल, केदार घिमिरे(माग्ने बुढा), ताराचन्द्र चापागाँई, सुमन गिरीको संयुक्त लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन्।