छविराज ओझाको निर्माणमा तयार भएको फिल्म ‘मंगलम’को पहिलो गीत सार्वजनिक गरिएको छ। असोज ११ लाई आफ्नो प्रदर्शन मिति तय गरेको फिल्मले बुधबार पहिलो गीत सार्वजनिक गरेको हो। सार्वजनिक ‘पर्ख पर्ख’ बोलको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा कृष्ण काफ्ले र बिन्दु परियारले स्वर दिएका छन्।
कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा पुष्पल खड्का र शिल्पा पोखरेल फिचरीङ छन्। बिष्णु घिमिरेको छायाँकन रहेको भिडियोलाई मित्र देव गुरुङले सम्पादन गरेका हुन्।
नवल नेपालले निर्देशन गरेको फिल्ममा शिल्पा पोखरेलको लगानी रहेको छ भने फिल्मको कार्यकारी निर्माता छविराज ओझा हुन्।