मुम्बई(एजेन्सी) । आफ्नो चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’ बन्द भएपछि शोका सञ्चालक कपिल शर्माले एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । उनको यो खुलासालाई उनलाई नजिकबाट चिन्नेले विश्वास गर्न सकेका छन् । हालै मात्र एक पत्रिकालाई दिएको अन्तरवार्तामा उनले आफू मदिराको लतमा लागेको खुलासा गरेपछि सबै चकित परेका छन् ।
‘अष्ट्रेलियाबाट भारत फर्खिदा हवाइजहाजमा जुन किसिमको काम भयो, त्यसले मलाई ठूलो असर पारेको छ । म पनि अहिले नियमित मदिरा पिउन थालेको छु । मलाई थाहा छैन मेरो जीवनमा यसको आवश्यकता किन महशुस भयो । मदिराकै कारण मैले सुनिल ग्रोवर र अन्य साथीमाथि गलत व्यवहार गरें । सुनिलसँग झगडा नै गर्नुप¥यो ।’ कपिलले भनेका छन् ।