कात्तिक २ अर्थात लक्ष्मी पुजाको दिन देखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्रप्रिया’को स्याड भर्जन गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘घरि घरि आउँछ तिम्रो याद’ बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ भने गीतमा बानिका प्रधानले स्वर दिएकी छिन्। आर्यन सिग्देल र रेखा थापा मुख्य भुमिकामा रहेको फिल्मको यसअगाडी सार्वजनिक गीत ‘रुमाल चिनो देउ’ निकै लोकप्रिय बन्न सफल भएको छ।
सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म ‘रुद्रप्रिया’मा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायतको अभिनय रहेको छ। सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन्।