‘शिरीषको फूल’का निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्धारा निर्देशन गरिएको फिल्म ‘माई लभ–प्रमिस फर काठमाडौं’ आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शो कुराको जानकारी गराईएको हो। फिल्मको बारेमा जापानबाट आएका जापानीज कलाकारहरुले पनि आफ्ना कुराहरु व्यक्त गरेका थिए। बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफोर र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेममा फिल्म ‘माई लभ’ निर्माण भएको हो।
भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय फिल्ममा रहेको छ। विशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई फिल्मले चित्रण गर्न खोजिएको छ। फिल्म महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी गरिने भएको छ। फिल्मका निर्देशक डा. तोसिआकी ईतोले निर्देशन गरेको फिल्म ‘शिरीषको फूल’ले नेपालमा नेशनल अवार्ड जितेको थियो। नेपालमा ‘माई लभ’को सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन्।
‘फिल्म क्रियशन नेपाल’को निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी शिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतको मूख्य भुमिका रहेको छ। फिल्ममा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ।