द्वन्द्व निर्देशक एन बि महर्जनको निर्देशनमा तयार भएको फिल्म ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सुन्दर श्रेष्ठको लगानीमा निर्माण भएको फिल्ममा सुन्दर श्रेष्ठ, विल्सन विक्रम राई, महिमा सिलवाल, शुस्मा कार्की, प्रज्वल गिरी, रबिन्द्र खड्काको अभिनय रहेको छ। चेतन श्रेष्ठको संगीत रहेको फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन, गौतमको सम्पादन, मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व रहेको छ।
‘दोवान फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अक्कल शिंह हुन्। फिल्म कत्तिक २४ गतेबाट प्रदर्शनमा आउदै छ।