पछिल्लो पुस्तामा उदाएर छोटो समयमै लोकप्रिय बनेकी गायिका हुन् मेलिना राई । यतिबेला त नेपाली फिल्म नगरी अनि संगीत क्षेत्रमा चर्चा चल्छ, मेलिनाको नाम जहाँ जोडिन्छ, त्यो जुनसुकै विषय पनि ‘हिट’ लिस्टमा पर्छ । मेलिनाले स्वर भरेको फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ गीतले रिलिजको छोटो समयमा युट्युबमा बनाएको दुई करोड बढिको किर्तिमानी रेकर्डले मेलिनाको चर्चा चुलिँदो छ ।
पछिल्लो उनै मेलिनाले स्वर भरेको पछिल्लो गीति एल्बम ‘माया’ यतिबेला दर्शक तथा श्रोतामाझ आएको छ । युट्युब रिलिजको दुई दिनमा नै गीतले लोकप्रियता पायो करिब एक लाख पटक युट्युवमा यो गीत हेरिसकिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ट संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यतामा उक्त एल्बमको लोकार्पण गरियो भने एल्बममा समावेश एक गीत ‘गाउँकी गोरी’को भिडियो पनि सार्वजनिक गरियो ।
मेलिनाको उक्त गीतमा स्वरमा साथ सरला राई, कला राई र मेनुका राईले दिएका छन् भने शब्द माया मगरको छ । उत्तमजंह लिम्बुले संगीत भरेको गीतमा एरेञ्ज शाहस शाक्यको छ । भिडियोमा पछिल्लो समयकी हट केक ‘ठमेल बजार’ आईटम गर्ल एलिशा राई फिचरिङमा छिन् । कमल राईले सार्वजनिक भिडियो निर्देशन गरेका हुन् । कार्यक्रममा मेलिनाले हालसम्मको साथ, सहयोग र आत्मियताको लागी दर्शक तथा श्रोतालाई आभार प्रकट गर्दै यो मायालाई सधैं कायम राख्न अपिल गरिन् ।