मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको शो बीग बोसमा आएपछि भोजपुरी नायिका मोनालिसा निकै लोकप्रिय भएकी छन् । शो भित्रै उनले आफ्नो प्रेमी विक्रान्तसँग विवाह गरेकी थिइन् । यसपछि विक्रान्तसँग उनी रियालिटी शो नच बलिएमा देखिएकी थिइन् । हालै उनले एक वेभसाइटलाई दिएको अन्तवार्तामा उनले आफ्नो संघर्षका कुराहरु बाँडेकी छन् ।
सय बढी भोजपुरी फिल्ममा काम गरिसकेकी मोनालिसा एक समय रेष्टुरेन्टमा काम गर्थिन् । १५ वर्षको उमेरमा मोनालिसाले आफ्नो परिवारको आर्थिक स्थिति सुधार्नका लागि काम गर्न शुरु गरेकी थिइन् । ‘मैले आफ्नो जिन्दगी निकै कठोर संघर्षपूर्ण तरिकाले झेले, मेरो पहिलो जागिर एक वेटरको थियो । म त्यो बेला कोलकाताको एक रेष्टुरेन्टमा काम गर्थे । जसका लागि मैले दैनिक १ सय २० दिनको हिसाब पाउँथे ।’ उनले भनेकी छन् ।
उनका अनुसार पिताको व्यापारमा ठूलो नोक्सानी भएको थियो । उनले आफूले पाउरोटी किन्नकै लागि जागिर खानु परेको खुलाएकी छन् । उनले तीन वर्षसम्म रेष्टुरेन्टमा काम गरिन् । एक बंगाली निर्मातासँग भेट भएपछि आफ्नो जिन्दगी फेरिएको उनले खुलाईन् । बंगलादेशी निर्मातासँग भेट भएपछि उनले मोडलिङ शुरु गरिन् । तर ठूलो काम नपाउञ्जेलसम्मका लागि उनले होटलको काम छोडिनन् । मोनाले पहिलो बंगाली फिल्म १८ वर्षको उमेरमा साइन गरेकी थिइन् ।
यो फिल्ममा मोनाको भूमिका छोटो भए पछि यो फिल्मपछि उनलाई फिल्ममा लिनका लागि निर्माताको लाइन नै लागेको थियो । आइटम गीतमा नृत्य गरेका कारण पनि उनले निकै ठूलो सफलता पाइन् ।