‘एचआरके प्रोडक्शन’को ब्यानरमा निर्माण भएको फिल्म ‘रोमियो’को ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।शुक्रबार आफ्नो प्रदर्शन मिति तय गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरेको हो। कात्तिक १७ गतेबाट रिलिज हुने भनिएको यो फिल्म अब कात्तिक २४ गतेबाट रिलिज हुने भएको छ।
सार्वजनिक ‘ल्याङ ल्याङ’ बोलको गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको छ। केहि समय पहिला नै सार्वजनिक गरिएको यस गीतको अडियो हिट भइसकेको छ। यो गीतको केही कभर भिडियो पनि निर्माण भइसकेका छन्। अब, भने यो गीतको ओर्जिनल भिडियो सार्वजनिक गर्दै निर्माता हसन खानले प्रचारलाइ तिव्रता दिने भएका छन्।
फिल्ममा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको छ। गीतको भिडियोमा भने नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालालाई अतिथी कलाकारको रुपमा फिचरिङ गरिएको छ। साथमा, फिल्मका मुख्य कलाकार हसन र ओसिमालाई पनि गीतको भिडियोमा देख्न सकिन्छ। गम्भिरले यी चारैजना कलाकारलाइ गज्जबले नचाएका छन्।
फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन रहेको छ। शंकर कार्कीको निर्देशनमा तयार भएको फिल्मका कार्यकारी निर्माता मिलन सापकोटा हुन्। फिल्मले त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको छ।