मुम्बई(एजेन्सी)। एक क्षेत्रीय भएर पनि फिल्म ‘बाहुबली–द कंक्लूज़न’ले यो वर्ष सफलताको एउटा इतिहास नै रच्यो । प्रभास अभिनित फिल्म सुपरडुपर हिट भएपछि बलिउड, हलिउड र क्षेत्रीय स्तरमा पनि यस्तै फ्लेबरको फिल्म बनाउने लहर शुरु भइसकेको छ ।
हालका दिनमा तमिल–तेलुगु भाषाको फिल्म ‘स्पायडर’को चर्चा निकै भइरहेको छ । जसलाई विश्वव्यापी रुपमा ठूलो तहल्काका साथ रिलिज गर्ने तयारी पनि भइरहेको छ । समाचार अनुसार महेश बाबु अभिनित यो फिल्मले अमेरिकी बक्स अफिसमा निकै ठूलो स्थान पाउनेमा विश्वास गरिएको छ । अमेरिकामा यो फिल्म वितरण गर्नका लागि एटमस एन्टरटेनमेन्टसँग एजेण्ट इण्डियाले थिएटर राइट किनेको छ ।
समाचार अनुसार ‘स्पायडर’ लाई लिएर अमेरिकी वितरकबीच निकै उत्साह थपिएको छ । फिल्मलाई विश्वभर करिब ४ सय सहरका ८ सय स्क्रिनमा देखाइनेछ । ‘बाहुबली २’ लाई १ हजार स्क्रिन मिलेको थियो । ‘बाहुबली२’ पछि अमेरिकामा कुनै भारतीय फिल्मको यो सबैभन्दा ठूलो रिलिज हो । यो फिल्मको तेलुगु भर्सन २ सय ५० भन्दा धेरै स्थानमा ६ सय पर्दामा देखाइनेछ । फिल्मको आर मुरुगादौसले निर्देशन गरेका छन् । उनी एक्सन फिल्मका लागि प्रख्यात छन् ।