बलिउडका चर्चित हास्य अभिनेता जोनी लिभर ५९ वर्षका भए । १४ अगस्त १९५७ मा आन्ध्र प्रदेशको तेलेगु क्रिश्चियन परिवारमा जन्मिएका जोनीले जम्मा सात क्लास पास गरेका छन् । पत्नी सुजाता, छोरा जिमी र छोरी जैसीका साथ मुम्बईको अधेरीमा सानदार फ्ल्याटमा बस्ने गरेका उनको मुम्बईमा घर पनि छ । मुम्बईमै घर भए पनि उनलाई अधेरीको फ्ल्याट प्यारो लाग्नुमा विशेष कारण छ । उनले सो फ्ल्याट सन् १९९० मा किनेका थिए । उनले फिल्म अभिनयबाट एकएक पैसा बचाएर किनेको फ्ल्याट भएकाले छाड्न नसकेको बताइन्छ । आफ्नो मिहिनेतको कमाइ परेकाले सो फ्ल्याट प्यारो लाग्ने जोनी बताउँछन् ।