बलीउडका सुपरस्टार अक्षय कुमार केही बर्षदेखी बलीउडमा राज गरिरहेका छन् । बर्षमा ४ देखी ५ वटा चलचित्रसम्म काम गर्ने अक्षयका अधिकांश फिल्महरु अहिले नाफामा गइरहेका छन् । अझ यो बर्ष अक्षय कुमारलाई निकै फापेको पाइन्छ । २०१६ को सुरुवातमा प्रदर्शनमा आएको ‘एयरलिफ्ट’ चलचित्रले सय करोडमाथिको विजनेश गरेपछि उत्साहित भएका अक्षयको त्यसपछि ‘हाउसफुल ३’ चलचित्र प्रदर्शनमा आयो । यो चलचित्रले पनि सय करोड माथि कमायो । हालै अक्षय कुमारले अभिनय गरेको चलचित्र ‘रुस्तम’ ले पनि सय करोड माथीको विजनेश गरेको छ । प्रदर्शनमा आएको हप्ता दिन नाघ्दै गर्दा चलचित्रले सय करोड माथीको व्यापार गरेको हो । योसँगै अक्षयले यस बर्ष तिन फिल्म सय करोडमा प्रवेश गराएका छन् ।