ताप्लेजुङ सदरमुकाममा खुलेका किराना पसलहरुमा नियम विपरित एकै स्थानमा खाद्यान्नदेखि मदिरासम्म बिक्री हुने गरेको पाइएको छ ।
जिल्ला अनुगमन समितिले गरेको बजार अनुगमनमा एउटै पसलमा तरकारी, खाद्यान्न, किराना र मदिरा बिक्री गरेको पाइएको हो ।
एउटा व्यवसायका लागि ईजाजत लिए पनि अव्यवस्थित रुपमा सबै किसिमको व्यवसाय सञ्चालन गरेको पाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
अधिकांश पसलमा मूल्यसूची नटाँसेकोे, बिक्रीका लागि राखिएको सामग्रीमा उपभोग्य म्याद, उत्पादन मिति केहि नभएको पाइएको छ ।
पसलको नामसहितको बोर्ड नराखेको, केही अनुमति बिनानै सञ्चालन भएको, बिलको प्रयोग नगरेको पाइएकाले एक साता भित्र सबै प्रक्रिया पूरा गर्न सञ्चालकहरुलाई निर्देशन दिएको र अटेर गरे कानूनी कार्वाही गरिने अनुगमन समितिले जनाएको छ ।-इमेज खबर