टिभीको दुनियाँका चर्चित जोडी रमन र इशिता एक पटक फेरी नयाँ अन्दाजमा देखिदै छन् । यि दईको गुमिसकेको प्रेम ७ बर्षपछि मिल्ने भएको छ । स्टार प्लसबाट प्रशारण हुने टिभी सिरियल ‘ये है महोबत्ते’ को पछिल्ला केही एपिसोडमा शगुनको नाटकपछि एकपटक फेरी रमन-इशिताको बिचको केमिस्ट्री देख्न पाइने भएको छ । भल्ला हाउसमा यस बेला इशिताको नभएर रमनको सिक्का चलिरहेको छ किनकी दुईले एक अर्काको कामको एक्सचेन्ज गरेका छन् । घरको कामबाट इशिताले लिनेछिन् विदा भने रमनले गर्नेछन् घरको ख्याल । त्यस्तै अफिसमा आफ्नी नयाँ बोसको स्वागतका लागि स्टाफहरुले निकै तयारी गरेका हुन्छन्, जुन देखेर इशिता इमोशनल हुन्छिन् ।