आफ्नो उमेर नबताउने हाँस्य कलाकार दीपाश्री निरौलाको भदौ ७ गते अर्थात आज मंगलबार जन्मदिन परेको छ । माधव सापकोटाद्वारा निर्देशित टेलिचलचित्र ‘अग्निपथ’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले २०५० सालबाट रेडियो नेपालबाट प्रसारण भएको हास्यव्यङ्ग्य कार्यक्रम ‘रामविलास र धनिया’ निकै लोकप्रिय भयो । उक्त कार्यक्रमदेखि दीपकराज गिरीसँग सहकार्य गरेर अघि बढेकी दीपाश्रीले आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।
दीपकराज गिरीसँग सहकार्य गरेर तीतो सत्यमा अभिनय गर्न थालेपछि लाखौं दर्शकहरुले यो जोडीलाई अत्यधिक मन पराएका हुन् । दीपकराज गिरी तथा निर्मल शर्मा (गैंडा) सँग मिलेर ‘छ एकान छ’ र ‘वडा नम्बर ६’ निर्माण गरेपछि निर्मात्रीको रुपमा पनि चिनिएकी उनले निर्माण र निर्देशन गरेको अर्को नयाँ चलचित्र ‘छक्का पन्जा’ भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । गएको बर्ष आफ्नो जन्मदिन मनाउने क्रममा आफ्नो विहेको चिन्ता लिने शुभचिन्तकलाई दीपाले भनेकी थिइन ‘मेरो विहेको चिन्ता नगर्नुस् म अहिले भर्खर स्वीट सिक्सटिनमा छु, किनभने म निदाएको समय जोड्दिन ।’