भन्नलाई मधेशी जनताका नाम भजाउने तर अवसर पाँउदा प्रेमिका श्रीमती,सम्धी च्याप्ने मधेशी नेताहरुको चरित्र यस अगाडि पनि देखिएकै हो । लामो समयसम्म मधेशमा आन्दोलन चर्काएर ओली नेतृत्वको सरकार ढाली प्रचण्डका लागि सत्तामा उक्लने भ¥याङ बनेका राजेन्द्र महत्तो पत्नीलाई मन्त्री बनाउन कम्मर कस्सेर लागेका छन ।
मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो श्रीमती शैलदेवी महतोलाई मन्त्री बनाउने दौडधुपमा लागेका छन् ।
श्रीमतीलाई मन्त्री बनाउका लागि महतो प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तकोसम्म धाएकै धाएछन् ।
अरु समयमा सधैं वाणिज्य तथा आपूर्ती मन्त्रालयको मात्र माग गर्ने र यही मन्त्रालयमा हातमा लिई गतिलै आर्थिक शूभलाभ हात पारेका महत्तोको रोजाइमा यस पटक श्रम तथा रोजगार मन्त्रालय मागेका छन् । महतो करिब ५ वर्ष बाणिज्य तथा आपूर्ति मन्त्रालय र २ वर्ष स्वास्थ्य मन्त्री भएका थिए ।
-यस काठमाडौं