उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा साताब्यापी चीन भ्रमणबाट फर्किदै गर्दा त्रिभूवन अन्तराष्टिय विमानस्थलमा भने ‘मेरो भ्रमण राजनीतिक र कुटनीतिकरुपमा सफल भयो, यो सरकारप्रति चीन सकारात्मक देखिएको छ, राष्टपतिको नेपाल भ्रमण हुनेमा मैले आशा लिएको छु ।’
मुहारमा मुस्कान ल्याउँदै महराले त्रिभूवन अन्तराष्टिय विमान स्थलको विशेष कक्षमा यस्तो प्रतिक्रिया दिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा भने चिन्ताजनक संदेश पुरयाएका छन् । चीनबाट फर्केपछि प्रधानमन्त्री दाहाललाई ब्रिफिड गर्न बालुवाटार पुगेका महराले वर्तमान सरकारप्रति चीन अहिले नै सकारात्मक नभएको बताए ।
‘चीन पर्ख र हेरको रणनीतिमा देखियो, हाम्रो सम्बन्ध अन्य छिमेकीहरुसँग कस्तो हुन्छ ? त्यही आधारमा चीनको धारणा बन्ने अवस्था छ’ महराले प्रधानमन्त्री दाहाललाई भने ‘चीनले आफ्नो पोजिशन क्लिएर नगरेसम्म राष्टपतिले नेपाल भ्रमण नगर्ने जवाफ मैले पाँए ।’ तर महराले तत्काल राष्टपति नेपाल नआएपनि चिनियाँ बिदेशमन्त्री नेपाल आउने चाहेको बताए ।
अघिल्लो सरकारले चीनियाँ राष्टपतिलाई नेपाल ल्याउने तयारी थालेको थियो । त्यसका लागि चीनको एक सुरक्षा टोली नेपाल आएर सुरक्षा अवस्थाको अध्ययन पनि गरिसकेको थियो । तर सरकार परिवर्तनपछि चीनको अवस्था बुझन प्रधानमन्त्री दाहालले विशेष दूतका रुपमा महरालाई चीन पठाएका थिए ।
चीनमा झण्डै एक साता बसेका महराले विदेशमन्त्री, प्रधानमन्त्री लगाएत उच्च तहका नेताहरुसँग भेट गरेका थिए । सवैले चीन र नेपालको सम्बन्ध वर्तमान सरकारको कार्यशैलीमा निर्भर रहने कुटनीतिक जवाफ दिएका थिए ।
उता भारत प्रधानमन्त्री दाहालका विशेष दूतका रुपमा भारत पुगेका अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री, राष्टपति, विपक्ष दलका नेता, परराष्टमन्त्रीसँग भेट गरेका छन् । निधिले दाहालको तीन दिने भारत भ्रमणको मिति तय गरेका छन् । – एस काठमाडौं