बलीउड चलचित्र ‘मोहनजो दारो’ फल्प भएपछि अहिले चलचित्रका नायक ऋतिक रोशन र र निर्देशक आशुतोष गोवारिकरबिच झगडा सुरु भएको छ । जब फिल्मको टीजर रिलिज भएको थियो तब दर्शकहरु फिल्म हेर्न निकै आतुर भएका थिए । तर फिल्म हेरेपछि दर्शकहरुले धेरै जसो आशुतोष र ऋतिकको मजाक उडाए । ऋतिकलाई फिल्मबाट निकै ठूलो आश थियो तर फिल्म बक्सअफिसमा फल्प भयो । अब फिल्म फल्प भएपछि अहिले आशुतोष र ऋतिकले एकअर्कालाइ दोष दिइरहेका छन् । खबरका अनुसार, ऋतिकले निर्देशक आशुतोष गोवारिकरलाई एक टेक्स्ट पठाएका थिए, जसमा नराम्रो गाली लेख्दै आशुतोषलाई फिल्म फल्प हुनुको जिम्मेवार ठहराएका छन् । आशुतोषले पनि ऋतिककै भाषामा उनलाई फिल्म फल्प हुनुको आरोप लगाएका छन् । ‘मोहनजो दारो’सँग अक्षय कुमार अभिनित चलचित्र ‘रुस्तम’ एकसाथ प्रदर्शनमा आएको थियो । ‘रुस्तम’ ले अहिलेसम्म सय करोडभन्दा माथीको विजनेश गरिसकेको छ भने ‘मोहनजो दारो’को विजनेश ६० करोड आसपासको छ ।