साउथ इण्डियन सिनेमा मा काम गर्ने अभिनेत्रीको सुन्दरता बलीउड अभिनेत्रीको भन्दा कम छैन । यो पनि भन्न सकिन्छ कि उनीहरु सुन्दरताको मामिलामा बलीउड अभिनेत्रीमाथी नै भारी पर्छन । बी-टाउनको सरह नै साउथ इण्डियनमा पनि सुन्दरताका लागि मेकअपको साहारा चाहिन्छ । त्यस्तै साउथ इण्डियन अभिनेत्री मध्येकी एक हुन् इलियाना डिक्रूज । उनको हालै एक तस्बिर बाहिर आएको छ, जसमा उनलाई बिना मेकअप चिन्न पनि गाह्रो हुन्छ । हालै रिलिज भएको चलचित्र रुस्तममा मुख्य भुमिका निर्वाह गरेकी इलियानाले २००६ मा तेलुगु फिल्म देवदासुबाट डेव्यू गरेकी थिइन । त्यसपछि उनले खतरनाक, आता, किक, जुलाई जस्तो फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् । रणबीर कपूर स्टारर ‘बर्फी’ उनको पहिलो बलीउड फिल्म हो । त्यसपछि उनले ‘फटा पोस्टर निकला हीरो’, ‘मैं तेरा हीरो’ मा पनि काम गरेकी छिन् ।