१५ अगस्ट, १९७५ मा रिलिज भएको सुपरहिट फिल्म ‘शोले’ को ४१ बर्ष भइसकेको छ । रमेश सिप्पीको डायरेक्शनमा बनेको यो फिल्म करिब साढे दुई बर्षमा तयार भएको थियो । फिल्म बेन्गलुरुको रामनगरमको रामगढमा बनाइएको थियो । आज पनि यसलाई मान्छेहरु रामगढको नाममा चिन्ने गर्छन ।
शोलेको शूटिंगको दौरान भएका कयौ किस्सा निकै चर्चित छन्, जस्तो कि धर्मेन्द्र लाइट ब्वायजलाई पैसा दिएर सीन बिगारिदिन लगाउथे किनकी उनलाई हेमा मालिनीको साथ रिटेक गर्न समय मिल्थ्यो । यसको अलवा फिल्ममा एकअर्कासँग दुश्मनको रोलको भुमिका निर्वाह गरेका गब्बर सिंह (अमजद खान) र ठाकुर बलदेव सिंह (सन्जीव कुमार) सेटमा मिल्ने साथी भएर एकसाथ समय विताउने गर्थे । सेटको केही यस्तो फोटोहरु छ, जसमा शोलेका स्टार्सको राम्रो केमेस्ट्रीको कहानी बयान गर्छ ।