काठमाडौं । रेखा फिल्मसको पाँचौ फिल्म ‘मालिका’को छायांकन शुरु भएको छ । रेखाकै अभिनय, निर्माण र निर्देशन रहेको फिल्म सोमबारबाट छायांकन भएको हो ।
फिल्मको गत सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै बालुवाटारबाट छायांकन शुरु गरिएको हो । छायांकनको पहिलो दिन रेखा र नरबहादुर कार्कीको बालुवाटारमा आउटडोर सट दिइएको मुख्य सहायक निर्देशक नवराजआचार्यले बताए । रेखाका अनुसार दश दिनको काठमाडौंको सुटिङ पछि फिल्म युनिट कोहलपुर र जाजरकोट जानेछ ।
फिल्ममा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षीया बालिका कमला ओलीको मुख्य भूमिका छ । रेखाको आफ्नै कथा रहेको फिल्मले व्यक्तिको सोच परिवर्तनको विषयलाई प्रस्तुत गर्नेछ । कार्तिक २१ रिलिज हुने फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ ।