काठमाडौं । दिपकराज गिरी र दिपाश्री निरौलाको छक्कापञ्जा ३ को छायाँकन शुक्रबार देखि सुरु भएको छ । बैशाख २८ गते बिहान भक्तपुरस्थित सुर्यविनायकमन्दिरमा पुजाआजा गर्दै सोही ठाउँको वरपरबाट छायाँकन सुरु गरिएको हो । मुर्हतमा बरिष्ठकलाकार हरिवंश आचार्यले टिमलाई फिल्म सफल होस् भन्दै आशिष दिए ।
छक्कापञ्जा ३ को छायाँकन राजधानी आसपास सहित चित्लाङ, दमैली र बाग्लुङमा गरिने निर्देशक दिपाश्री निरौलाले बताइन् । ४५ दिनमा सुटिङ सक्ने योजना बनाएका छौं, तेश्रो पटक निर्देशनमा उत्रिएकी दीपाश्रीले भनिन्, दर्शकले चुनौती थपिदिनु भएको छ ।
टिम मिलेर राम्रो फिल्मबनाउने प्रयास गर्छौं । यता अभिनेता, लेखक तथा निर्माता दिपकराज गिरीले छक्कापञ्जा ३ मा नायिका दीपिका प्रसाईंको आगमन बारे प्रष्ट्याए । कथाले मागेपछि हाम्रो टिममा दीपिकाको आगमन भएकोहो, दीपकले भने, दर्शकले पनिछक्का पञ्जामा नयाँजोडी हेर्न चाहिरहनु भएको थियो ।
छक्का पञ्जाटिमसँग काम गर्न पाउँदा ऐश्वर्य डेव्यु नायिका दीपिका पनि दंग देखिइन् । यो टिमसँग कामगर्न पाउँनु मेरो लागि ठुलो कुरा हो, दीपिकाले भनिन्, म माथि विश्वास गरिदिनु भएकोमा दिपकदाई र दीपादिदी प्रति आभारी छु । यस्तै मंगलममा दर्शक रुवाएका नायक पुष्प खड्काले छक्का पञ्जा ३ मा दर्शक हसाउँने बताए । दीपिकासँगै पुष्पको पनि छक्कापञ्जा ३ आगमन भएको हो ।
आमा सरस्वती मुभिज प्रा.लि तथा आइएमईको प्रस्तुती रहेको फिल्म छक्का पञ्जा ३ मा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी भान्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्त मप्रधान, ताराचन्द्र बजगार्इ दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा छन् ।
फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ भने छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् । छक्का पञ्जा ३ को कथा दिपकराज िगरीको हो । संवाद लेखनमा दिपकसँग जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले सहकार्य गरेका छन् ।