देशभर मन्दिरको संख्या कति होला? यो प्रश्न पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई सोधियो। ‘धेरै छन् तर गणना भने गरिएको छैन्,’ दाहालले जवाफ फर्काए,‘सय वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिरको संख्या भने २ हजारभन्दा बढी छ।’
यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ? दाहाल भन्छन्,‘धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ।’
प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलमा बनाइएका मन्दिरमा व्यक्तिगत, सामाजिक, संघसंस्थादेखि सरकार र मातहतका स्थानीय निकायले वर्सेनि रकम खर्चेको पाइन्छ।
पर्यटन मन्त्रालय, महानगर, नगरपालिका, जिविस र गाविसले स्थानीय मागको आधारमा ठाउँठाउँमा मन्दिर बनाउन रकम खर्चिएका छन्।
पुरातत्वविद रोहित रन्जित मन्दिरको आँकडा राख्ने काम सरकारको भएको बताउँछन् । सन् २०१५ मा युनेस्कोले उपत्यकामा मन्दिरहरुको सूची बनाएको थियो जसमा एक हजार २ सय मन्दिर समावेश गरिएको पुरातत्वविद् रञ्जित बताउँछन्। केही राष्ट्रिय दैनिकले लेखेका छन् । -सरल पत्रिका