अभिनेत्री ऋचा शर्मा अभिनित ‘चलचित्र सुनकेसरी’को प्रदर्शन मिति नजिकिएको छ यो चलचित्र भोलि अर्थात् जेष्ठ ११ गते शुक्रबारबाट अलनेपाल रिलिज हुदैछ । आधा लभ’ मार्फत निर्माणमा देखिएकी अभिनेत्री ऋचा शर्मा निर्मित चलचित्र ‘सुनकेसरी’को पोष्टर, टिजर ,गित लगायतका प्रचार सामाग्रीले राम्रो चर्चा बटुलेको छ । सार्वजनिक प्रचार सामाग्रीमा ऋचाको रुप डरलाग्दो देखाइएको छ । नेपालमा हरर जनरमा निकै कम चलचित्र बन्ने गर्छ । किनकी यस किसिमको चलचित्र हेर्ने दर्शकको संख्या निकै कम छ ।
यधपी चलचित्र सुनकेसरीको ट्रेलरले ब्यापारको केही सम्भावना भने देखाएको छ । लिउड र बलिउडका डरलाग्दा हरर चलचित्र हेरेका नेपाली दर्शकलाई ‘सुनकेसरी’ ले हलमा बाँधेर राख्न सक्छ वा सक्दैन भोलिबाट यसले दर्शक प्रतिक्रिया पक्कै पाउने छ । यधपी चलचित्र सुनकेसरीको ट्रेलरले ब्यापारको केही सम्भावना भने देखाएको छ ।
चलचित्रमा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ ।अर्पण थापाको निर्देशनमा बनेको चलचित्रमा ऋचा स्वयंमकाे पनि लगानी छ। अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ऋचाले ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । दुई करोड लागतमा निर्माण गरिएको भनी बताइएको चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी पनि सह–निर्माताको रुपमा रहेका छन् ।
निर्देशक अर्पण थापाकै लेखन रहेकाे सुनकेसरीमा ऋचा बाहेक सन्नी ढकाल, रविन्द्र झा, सुनील पराजुली, प्रेरणा थापा तथा विदेशी कलाकार लाउरेन लोफबर्ग लगायतकाे अभिनय छ। फिल्ममा कालीप्रसाद बास्कोटा र विजय अधिकारीले संगीत दिएका छन्। फिल्मको सम्पूर्ण सुटिङ अष्ट्रेलियामा गरिएको हो।