काठमाडौं । नेपालमा छायांकन सकाएको फिल्म ‘रामकहानी’ यतिबेला कतारको चर्को घाममा धमाधम छायांकन भइरहेको छ । फिल्मका निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मासहित स्थानीय कतारी कलाकार कतारी मरुभूमिमा फिल्मको छायांकनमा व्यस्त भएका हुन् ।
फिल्म ‘म यस्तो गीत गाउँछु’को प्रदर्शनका लागि कतार पुगेका सुदर्शन र पुजाले फिल्मले कथाको शुरुवात कतारबाटै हुने भएकाले कतारमै बसेर फिल्म खिचिरहेका छन् । ‘फिल्म हेर्दा दर्शकले शुरुवातमा कतार नै हेर्न पाउनुहुनेछ । त्यसैकारण हामी कतारसम्म आएर महंगो मूल्यमा फिल्म खिचिरहेका छौं ।’ निर्देशक सुदर्शनले भने ।
कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । उनकै सहयोगमा फिल्मको कतार छायांकन संभव भएको सुदर्शनले जानकारी दिए । ‘हामीलाई फिल्मको छायांकनका लागि अनुमति लिन नै ८ लाख खर्च गर्नुप¥यो । अब, नेपालमा एउटा गीतको छायांकन गर्न बाँकी छ ।’ उनले भने ।
फिल्मको छायांकनका लागि छायांकार सौरभ लामा पनि कतार पुगेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । भदौ २२ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।