बलीउडका चर्चित अभिनेता सलमान खानको बिहेको खबरले प्राय जसो चर्चा पाइरहेको हुन्छ । विशेष गरि सलमानको कथित गर्लफ्रेण्ड यूलिया वंतुरको साथ, उनको अफयेर र बिहेको खबरले मिडियामा लामो समय देखी चर्चा चलिरहेको छ । तर भर्खरै यूलियाले सलमान र आफ्नो सम्बन्धको विषयमा मुख खोलेकी छिन् । यूलियाले भनेकी छिन् कि सलमान र उनी केवल असल साथी हुन । एउटा म्याग्जिनलाई दिएको अन्तर्वार्तामा जब यूलियालाई सोधियो कि “के तपाई सलमान खानसँगको प्रेम सम्बन्धमा हुनुहुन्छ ?” यसमा यूलियाले भनिन्, “होइन, म र सलमान केवल असल साथी हौं । साथी भनेपछि केवल साथी । प्रेमी होइन ।”
यूलियाले अगाडी भनिन्, “हरेक कुरा समयमा हुन्छ न अगाडी हुन्छ न पछी हुन्छ । बाँकी सबै अड्कल बाजी हुन् ।” रोमानियाई मोडल यूलिया वंतुर सलमान खानको साथी र परिवार (विशेष गरि उनकी आमा र दुई बहिनी) को धेरै नजिक छिन् । यूलियालाई धेरै पटक पारिवारिक जमघट र मूभी स्क्रिनिङ्गमा धेरै पटक देखिने गरिएको छ ।
रोमानियाई पत्रिकाले लेख्ने गर्छन यूलियालाई “श्रीमती खान”
हालै एक रोमानियाई अखबारले दाबीका साथ भनेको थियो कि सलमान र यूलियाले विवाह गरिसके । अखबारले श्रीमती खानको नाम दिएर उनलाई सम्बोधन गरेको थियो । यूलियालाई त्यहाँ लीडिङ्ग टेब्लयड ‘Doamma Khan’ लेख्ने गर्छन । जसको अर्थ रोयल मिसेज खान हुने गर्छ ।
“सलमानले कहिले बिहे गर्छन, त्यो त मलाई पनि थाहा छैन”
चिर–परिचित स्क्रिप्ट राइटर र सलमान खानका पिता सलिम खानले केही दिन अगाडी मात्र भनेका थिए कि उनका छोरा सलमानले कहिले बिहे गर्छन त्यो उनलाई पनि थाहा छैन । सलिमले भनेका थिए कि सलमानको विवाहलाई लिएर उनका फ्यान फलोअर्सहरुले अनाबश्यक प्रश्नहरु नसोधुन । सलिम खानले ट्वीट गरेका थिए, “सलमानले कहिले बिहे गर्छन ? यो बाहेक तपाईहरुले मलाई कुनै पनि प्रश्न सोध्न सक्नु हुनेछ । किनकी सलमानको बिहेको कहिले हुन्छ त्यो त म पनि भन्न सक्दिन ।”
सलमानले भनेका थिए १८ नोभेम्बरमा हुनेछ विवाह
गएको जुलाई महिनामा टेनिस खेलाडी सानिया मिर्जाको किताब “ऐस अगेन्स्ट अडस्” को विमोचन गर्न पुगेका सलमान खानले भनेका थिए कि १८ नोभेम्बरमा उनले विवाह गर्नेछन् । विवाहको विषयलाई लिएर उनले भनेका थिए–“विवाह १८ नोभेम्बरमा हुनेछ, तर थाहा छैन कुन चाँही बर्षको नोभेम्बरमा हुने हो । तर हुन्छ चाँही पक्कै ।”
धेरै नायिकाहरुसँग सलमानको नाम जोडिसकिएको छ
सलमान खानको नाम समय समयमा बलीउडका केही नायिकाहरुसँग जोडिदै आइरहेको छ । सोमि अली, ऐश्वर्या राय, संगीता विज्लानी र कैटरनिा कैफको साथमा उनको प्रेम सम्बन्ध रहिसकेको छ । तर अहिले भने उनको प्रेम सम्बन्धको चर्चा यूलिया वन्तुरको साथमा चलिरहेको छ ।