स्टार प्लसबाट प्रशारण हुँदै आएको चर्चित टिभी सिरियल ‘ये हैं मोहब्बते’ मा इशिताको भुमिका निभाएर निकै चर्चित भएकी दिव्यंका त्रिपाठी हाल पति विवेक दहियाको साथमा भारतको उदयपुर हनीमून एन्जोय गरिरहेकी छिन् । ८ जुलाईमा विवाह बन्धनमा बाँधिएको यो जोडी अहिले खुब मस्ती गरिरहेका छन् । यही बेला एउटा कुरा तपाईहरुलाई बताउँदै छौ, जुन सुनेर तपाईको होस् उड्छ । टिभीकी सबैभन्दा डिमाण्डिंग एक्ट्रेस मानिने दिव्यंकाको पहिलो कमाई कति थियो ? बताऔ कि उनको पहिलो कमाई अभिनयबाट होइन उद्घोषणबाट थियो । २५० रुपैयाँ भारुको उक्त चेक अहिले पनि दिव्यंकाले सम्हालेर राखेकी छिन् ।