दीपिका पादुकोण सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेको सूचीमा छिन् । फोर्ब्स म्याग्जिनले दुनियाँमा सबैभन्दा बढी पारिश्रमिक र कमाई गर्ने अभिनेत्रीहरुको सूचीमा दीपिका १० औं स्थानमा छिन् । उनको कमाई ६७ करोड रहेको फोर्ब्स म्याग्जिनमा उल्लेख छ । कमाईसँगै दीपिका लग्जरी लाइफ पनि जिउँछिन् । उनीसँग तिन वटा कार छन्, जसको मुल्य ८० लाखको आसपासमा रहेको छ । उनीसँग Audi Q7, Audi R8 र BMW 7 Series कार छन् । फिल्म, इन्डोर्समेन्टबाट उनले १६ करोड खर्च गरेर मुम्बईको प्रभादेवी इलाकेमा रहेको बीयू मोन्डे टावर्समा आफ्नो फ्ल्याट छ । यसभन्दा अगाडी उनीपाली हिलमा भाडामा लिएर एक फ्ल्याटमा बस्ने गर्थिन । बलीउड चलचित्रमा सबैभन्दा सफल नायिकाको सूचीमा रहेकी दीपिकाले हलीउड चलचित्रमा समेत काम गरिसकेकी छिन् ।