विश्वप्रख्यात सिंगर, गीतकार मेडोना लुईस चिकोने ५८ बर्षकी भइसकेकी छिन् । मेडोना बच्चादेखी नै सिंगर र एक्ट्रेस बन्न चाहेकी थिइन । उनी डान्स सिक्नका लागि १९९७ मा न्यूयोर्क सिटीमा आएकी थिइन । त्यही उनी एक डान्स ट्रूपसँग जोडिइन । उनले पप म्यूजिक ग्रुप्सको ब्रेकफास्ट क्लब र एम्मीको एक मेम्बर भएर कयौ पटक आफ्नो प्रस्तुती दिएकी थिइन ।
‘मेडोना’ नामको टाइटलभन्दा पहिला १९८३ मा उनले पहिलो एल्बम निकालेकी थिइन । उनी आफ्नो किताब ‘सेक्स’ को पनि खुबै चर्चा भएको थियो । उक्त किताबमा उनको न्यूड फोटोहरु छन् । उनले ‘लाइक अ वर्जिन’, ‘ट्रु ब्लू’, ‘लाइक अ प्रेयर’, ‘इरटिका’, ‘बेडटाइम स्टोरीज’, ‘रे ऑफ लाइट’, ‘म्यूजिक’, ‘अमेरिकन लाइफ’, ‘कन्फेशन्स अन अ डान्स फ्लोर’, ‘हार्ड कैन्डी’ सहित कयौ एल्बम बजारमा ल्याइसकेकी छिन् ।