
तस्विर : इन्गेजमेन्टमा प्रियंका र आयुष्मान
काठमाडौं | नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिवाह गरेका छन्। शनिवार द्वारिका होटलमा आफ्नो परिवार र निकटस्थ्यहरुको उपस्थितीमा उनीहरुले औठी साटेका हुन्।
केही वर्ष यता प्रेममा रहेको यो जोडीले गत असार ३० गते इन्गेजमेन्ट गरेको थियो। इन्गेजमेन्ट पनि सुटुक्क गरेको यो जोडिले बिवाह पनि सुटुक्क गरेका छन्। उनीहरुको स्वयम्वरमा उनीहरुका निकटस्थ्य दिपश्री निरौला, दीपकराज गिरी, वर्षा राउत, संजोग कोइराला, स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायत उपस्थित थिए।
फिल्म कथा काठमाडौंको छायांकनबाट नजिकिएको यो जोडी अन्तत बिवाहसम्म आइपुगेको छ। सुरुवाती दिनहरुमा धेरै नकरात्मक प्रतिकृया पाएको यो जोडीले पछिल्लो समय भने तरिफ नै पाइरहेको थियो।