काठमाडौं | असोज १२ बाट प्रदशर्नमा आउने फिल्म ‘कथा काठमान्डु’को शिर्ष गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत फिल्मको शिर्ष गीत ‘धुलोमान्डु’ रिलिज गरिएको हो।
हरिवंश आचार्य र बुलेट फ्लोको स्वर रहेको उक्त गीतमा सुरज विक्रम थापाको शब्द संगीत सुन्न सकिन्छ। भिडियोमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई देखाइएको छ।
सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको मुख्य भूमिका रहेको छ। निर्देशक श्रेष्ठकै पटकथा समावेश फिल्मलाई विजय राईले निर्माण गरेका हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।
गीत :