काठमाडौं | गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘नाइ नभन्नु ल ५’ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। फिल्मलाई चिट्ठा परेको जस्तै पनि भयो। शुक्रबार, शनिबार र आइतबार पनि विदा परेका कारण फिल्मले आक्रमक व्यापार गर्न सक्यो।
प्रदर्शनमा आएको पहिलो दिन अर्था शुक्रबार ४६ लाखको ग्रस कलेक्सन गर्न सफल फिल्मले शनिबार नेपालभर बाट १ करोड माथिको व्यापार गर्न सफल भयो। आइतबार फिल्मले ७५ लाख आसपासको व्यापार गर्यो।
तसअर्थ फिल्मले हालसम्म २ करोड २० लाख बढिको कलेक्सन गर्न सफल भएको छ। मल्टिप्लेक्समा आइतबार पनि फिल्मले ७० प्रतिशत माथीको अकुपेन्ससी कायम गर्न सफल थियो।
विकास आचार्य निर्देशित फिल्ममा अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङको अभिनय रहेको छ।
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। ‘वान टाइम सिनेमा’को ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन्।