काठमाडौं | असोज ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’ले प्रचारको नयाँ शैली अपनाएको छ। विशेषतः सामाजिक सञ्जाल फेसबकुमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो।
निर्देशक सविर श्रेष्ठले बताए अनुसार प्रत्येक दुइ दिनमा फिल्म ‘बाँध मायाले’को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ। सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ। यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन्। ‘फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहनेछौं’, सविरले भने।
लभ स्टोरी फिल्म बाँध मायाले लाई सविर र रामहरी धिताल मिलेर बनाएका हुन्। निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन्। फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ। फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन्।