काठमाडौं | फिल्म ‘अनुराग’को ट्रेलर रिलिज भएको छ। शुक्रबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज गरिएको हो। सत्यराज चौलगाईंको निर्देशनमा तयार भएको फिल्ममा एलिजा गौतम र समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ।
सांगीतिक प्रेमकथामा आधारित फिल्ममा एलिजा र समुद्रसँगै सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको अभिनय रहेको छ। असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्मका प्रस्तुतकर्ता पत्रकार ऋषि धमला हुन्।
एलिजा गौतम, भरत गौतम र गीता भेटवालको संयुक्त लगानी रहेको फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद छ। रामकुमार केसीले खिचेको फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
ट्रेलर: