काठमाडौं | फिल्म ‘जय भोले’को ट्रेलर रिलिज भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलर निकै कमेडी बनाइएको छ त्यहाँ बोलीने संवाद निकै रोचक छन्। ट्रेलरमा प्रेम, द्वन्द्व, रोदनलाई पनि समेटिएको छ।
अशोक शर्मा निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, वुद्धि तमाङ, सलोन बस्नेत, राजाराम पौडेल, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ।
आगामी दशैंमा रिलिज हुने फिल्मलाई निर्देशक शर्माले नै निर्माण गरेका हुन्। एक करोड ६० लाख बजेटमा निर्मित यस फिल्म झापा र इलाममा छायाँकन भएको हो। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई राज ढुंगानाले सम्पादन गरेका हुन्।
ट्रेलर :