काठमाडौं| फिल्म ‘दैलो’मा समावेश एक आइटम गीत रिलिज भएको छ। सार्वजानिक ‘लाग्यो मलाई’ बोलको गीतमा विमल भट्टराईको शब्द तथा लक्षु प्रकाश मल्लको संगीत सुन्न सकिन्छ। गीतमा दुर्गा साउदको स्वर रहेको छ । गम्भीर बिस्टको नृत्य निर्देशनमा तयार भएको भिडियोमा मोडल पवन पाठकले ठुम्का लगाएकी छन्।
सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ। ‘जमुना देवी फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्मलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन्।
बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ। फिल्म कातिक ३० गतेबाट प्रदर्शनमा आउदैछ।
गीत :