कलर्स च्यानलबाट प्रशारण भइरहेको चर्चित टिभी सिरियल ‘ससुराल सिमर का’ का फ्यानहरुलाई दुखको खबर बाहिर आएको छ । टिभी इतिहासमा सबैभन्दा बढी समय चलेको यो शो अब चाँडै बन्द हुने भएको छ । खबरका अनुसार चाँडै १६०० एपिसोड पुरा गर्न लागेको यो शो अब दुई महिना भित्र सकिने भएको छ । शोमा काम गर्ने एक सूत्रले बताएका छन्, ‘शो लाई सकाउने यो नै उचित समय हो । सीरियलमा २० बर्षको जो लीप लिइयो त्यो हाम्रो लागि राम्रो होइन । निकै दिन देखी यसको टीआरपी राम्रो आएको छैन ।’ यो शो अप्रिल २०११ मा सुरु भएको थियो । निर्माण कम्पनीबाट बाहिरिएको अर्को खबर अनुसार शोमा केही कलाकारहरु बूढोको भुमिका निभाउन चाहिरहेका छैन । अहिलेसम्म शोले तीन लीप लिइसकेको छ । पछिल्लो पटक धेरै कलाकारहरुले शोमा इन्ट्री गरिरहेका छन् भने केहीले शो समेत छोडिसकेका छन् ।
शोमा खुशी संकल्प भारद्वाजको भुमिका निभाउँदै आएकी ज्योत्सना चन्दोलाले बताएकी छिन्, ‘हामीलाई यस विषयमा केही पनि जानकारी छैन । तर म यो आशा गर्छु कि यने शो अझ धेरै बर्षसम्म चलोस् ।’