काठमाडौं | असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दुई नयाँ पोस्टर रिलिज भएका छन्। बिहिबार सार्वजनिक गरिएको फिल्मको एक पोष्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर निकै रोमान्टिक देखिइएका छन् भने अर्को पोष्टरमा फिल्मका प्राय: कलाकारहरु फिचरिङ छन्।
रेनशा वान्तवा राईले निर्देशित ‘इन्टु मिन्टु लण्डनमा’मा साम्राज्ञी र धिरजसँगै शारुक ताम्रकार, अर्जुन श्रेष्ठ, विजय लामा, रुवी राणा र दिलभूषण पाठक, सुनिशा बजगाईंको पनि अभिनय रहेको छ।
‘आइकोर फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्ममा प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको लगानी रहेको छ। प्रज्ज्वलशमशेर र रेनेशाको कथा समावेश फिल्ममा सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत रहेको छ।