काठमाडौं | रिलिज मिति नजिकिदै गर्दा फिल्म ‘बाँध मायाले’ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ। प्रचार प्रसारकै शिलशिलामा फिल्म युनिटले अहिले कलेज क्याम्पियन सुरु गरेको छ। राजधानीका विभिन्न कलेजमा पुगेर फिल्मले आफ्नो प्रचार गरिरहेको छ।
नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टिम विभिन्न कलेजमा पुगिरहेको छ। आइतबार उक्त टिम राजधानीको दुई कलेजमा पुगेको छ। ‘आइतबार बिहान हामी राजधानीका दुई वटा कलेजमा पुग्यौं’, निर्देशक सविरले भने, ‘सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य छ।’
कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले बाँध मायालेको बारेमा बताएका थिए। विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको सविरले बताए। आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ सेल्फी र अटोग्राफ लिनेको संख्या धेरै थियो।
लभ स्टोरी फिल्म ‘बाँध मायाले’मा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन्। फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ।