काठमाडौं | ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ सम्पन्न भएको छ। आइतबार राजधानीमा एक समारोहका विच उक्त अवार्ड वितरण गरिएको हो। अवार्ड समारोहमा बलिउड अभिनेता गोविन्दाको पनि सहभागिता रहेको थियो। गोविन्दा यसै अवार्ड कार्यक्रमको लागि नेपाल आएका थिए।
२२ विधा समावेश गरिएको अवार्डमा उत्कृष्ठ फिल्मको अवार्ड ‘तिमी सँग’ले हात पारेको छ। त्यस्तै, उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘भुईमान्छे’बाट नवराज बुढाथोकीले जीत्न सफल भए। नाजिर हुसेनले फिल्म ‘तिमी सँग’बाट उत्कृष्ठ नायकको अवार्ड चुम्न सफल हुदाँ निता ढुंगाना फिल्म ‘पञ्चायत’बाट उत्कृष्ठ नायिका घोषित भइन्।
पपुलर नायकको अवार्ड नायक प्रदीप खड्काले जिते भने नायिकामा प्रियंका कार्कीले फिल्म छक्का पञ्जा २ बाट हात परिन्। त्यस्तै जुरी सदस्यले प्रदान गर्ने क्रिटिक्स अवार्ड भने ‘मंगलम’बाट नायक पुष्प खड्कालाई प्रदान गरियो।
यसवर्षको ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड भने दर्जनौँ नेपाली फिल्म निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई प्रदान गरियो।
हेर्नुहोस् अवार्ड विजेताको सूची:
१ ) द बेष्ट पोष्टर अफ द एयर – शत्रु गते – टौवा क्रिएसन (शान थापा, विजय बस्याल)
२ ) द बेष्ट ट्रेलर अफ द एयर – कृ – सुरेन्द्र पौडेल
३ ) द बेष्ट स्टन्ट अफ द एयर – पिँजडा व्याक अगेन – सिम्पसन तामाङ
४ ) द मस्ट पपुलर सङ्ग अफ द एयर – कुटुमा कुटु – दुई रुपैयाँ – राजनराज शिवाकोटी
५ ) द बेष्ट भिएफएक्स अफ द एयर – माई लभ – नाओत्सुगु मिकामी
६ ) द मस्ट कमेन्डेबल मुभी अफ द एयर – पञ्चायत
७ ) द मस्ट पपुलर एक्टर (मेल) अफ द एयर – प्रदीप खड्का – लिलिबिली
८ ) द मस्ट पपुलर एक्टर (फिमेल) अफ द एयर – प्रियंका कार्की – छक्का पञ्जा २
९) द बेस्ट एडिटर अफ द एयर – मित्र डी गुरुङ – शत्रु गते/मंगलम
१० ) द बेस्ट व्याग ग्राउण्ड स्कोर अफ द एयर – एलिस कार्की – लिलिबिली
११ ) द बेस्ट स्क्रीन प्ले अफ द एयर -तिमी सँग – शिशिर राणा, सुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
१२ ) तारादेवी द बेस्ट प्लेव्याक सिंगर (मेल) अफ द एयर – सुगम पोखरेल – भन्छु आज – म यस्तो गीत गाउँछु
१३ ) तारादेवी द बेस्ट प्लेव्याक सिंगर (फिमेल) अफ द एयर – मेलिना राई – कुटुमा कुटु – २ रुपैयाँ १४ ) द बेस्ट एक्सन डाइरेक्टर अफ द एयर – चन्द्र पन्त – कृ
१५ ) द बेस्ट कोरियोग्राफर अफ द एयर – कविराज गहतराज – कुटुमा कुटु – २ रुपैयाँ
१६ ) द बेस्ट अन स्क्रीन कपल अफ द एयर – दीपिका प्रसाईं र रमेश उप्रेती – ऐश्वर्य
१७) द बेस्ट म्युजिक डाइरेक्टर अफ द एयर – अर्जुन पोख्रेल – भन्छु आज – म यस्तो गीत गाउँछु
१८ ) द बेस्ट डिओपी अफ द एयर – विदुर पाण्डे – भुइँमान्छे
१९ ) द बेस्ट एक्टर (फिमेल) अफ द एयर – नीता ढुंगाना – पञ्चायत
२० ) द बेस्ट एक्टर (मेल) अफ द एयर – नाजिर हुसेन – तिमीसँग
२१) द बेस्ट डाइरेक्टर अफ द एयर – नवराज बुढाथोकी – भुइँमान्छे
२२) द बेस्ट फिल्म अफ द एयर – तिमी सँग – नमन प्रोडक्सन