आउने तिहारमा रिलिज हुने तयारीका साथ अगाडी बढेको चलचित्र ‘राधा’ यूनिटले एक गीत सार्वजनिक गरेको छ । लोकप्यार्टनमा तयार पारिएको गीतमा संचिता लुइँटेल र जीवन लुइँटेलको केमेष्ट्री राम्रै जमेको देख्न सकिन्छ । ‘छपक्कै’ बोलको सावजनिक गीतमा किरण गज्मेर र मेलिना राईको आवाज रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । गीतको कोरियोग्राफी र लोकेशन लोभलाग्दो देखिएता पनि संचिताको मोटोपन भने गीत अलि खल्लो भएको अनुमान लगाउन सकिन्छ । फिल्मका निर्देशक योगेश घिमिरे हुन जसले पछिल्लो समय भुल भुलैया र नोटबुक चलचित्र बनाएका थिए । निर्माता बिष्णुमणी दाहाल एवं सुशिल कार्कीले दिईएको जानकारी अनुसार यो चलचित्रको अमेरिका स्थित ओहायो र कोलम्बसमा प्रिमियर सो भएर पश्चात मात्र नेपालमा रिलिज हुनेछ ।