काठमाडौं | रेखा थापा स्टारर फिल्म ‘मालिका’को ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार रेखा थापा र कमल वली फिचरिङ छन्। महिला हिंसा विरुद्ध निर्माण भएको फिल्मको उक्त ट्रेलरमा रेखा थापाको दमदार एक्सन देख्न सकिन्छ।
कात्तिक २१ गतेबाट प्रदशर्नमा आउने मालिकालाई रेखा थापाले नै निर्देशन गरेकी हुन्। नर बहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा रहेको छ।
‘रेखा फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्ममा नर बहादुर काकर्कीको लागनी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्।
ट्रेलर :