काठमाडौं | कार्तिक ३० मा रिलिज हुने गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ। पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसारलाई अगाडी बढाएको छ।
फिल्ममा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन्। पुराना कलाकार पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन्।
‘प्राथना फिल्मस्’को प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ।
फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ। प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन्।