काठमाडौं | आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, विछोड, द्वन्द्व तथा कमेडी पक्षलाई देख्न सकिन्छ।
ऋषिराज आचार्य निर्देशित लभ स्टोरी फिल्ममा आकाश र आश्मासँगै विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, शूरवीर पण्डितलगायतको अभिनय रहेको छ।
मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ऋषिराज आचार्य, अर्जुन शर्मा र रामेश्वर धितालले संयुक्त लगानी गरेका छन्। ‘आरबी मुभिज’को ब्यानरमा तयार भएको फिल्मको सहनिर्मातामा दक्षिण भारतको ‘रिल एण्ड रियल सिनेमा’ कम्पनी छ। राहुल राईले खिचेको फिल्मलाई नवीन निरौलाले सम्पादन गरेका हुन्।
ट्रेलर :