काठमाडौं | ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराई र ‘ऐश्वर्य’ नायिका दीपिका प्रसाईंले इन्गेजमेन्ट गरेका छन्। शनिबार दिवाकर र दीपिका दुबैले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर पोस्ट गर्दै इन्गेज्ड भएको खुलाएका छन्।
नायिका दीपिकाले दुईको फोटो आफ्नो फेसबुकको प्रोफाइल पिक्चर्स बनाउँदै लेखेकि छिन्, ‘हि इज् माइन फरएभर’। दिवाकरले पनि सोही फोटो आफ्नो कभर पिक्चर्स बनाउँदै सोही क्याप्सन कपि गरेका छन्। यस जोडी छिट्टै बैबाहिक बन्धनमा बाधिँने तयारीमा छन्।
दिवाकर र दीपिकाको प्रेम फिल्म ‘ऐश्वर्य’ को सेटबाट नै सुरु भएको थियो। दिवाकरले निर्देशन गरेको सोही फिल्मबाट दीपिकाले डेब्यु गरेकी थिइन्।