बलीउडका चर्चित अभिनेता शाहिद कपुरलाई पुत्रीलाभ भएको छ। शुक्रबार साँझ मुम्बईको एक अस्पताल उनकी पत्नी मिराले छोरीलाई जन्मदिएपछि उनी बाबु बनेका हुन्। छोरी जन्मिएपछि ट्विट गर्दे शाहिदले शुभकामना दिने सबैप्रति आभार प्रकट गर्दै आफूसँग छोरी जन्मिएको खुशीलाई व्यक्त गर्ने शब्द नै नभएको बताएका छन् । शाहिदले भारतीय मिडियासँग कुरा गर्दै भने ‘म छोरी नै चाहन्थे, जुन आज पुरा भएको छ । म यति धेरै खुसी छु कि म शब्दमा बयान गर्न पनि सक्दिन ।’ शाहिदकी छोरीको तौल २.६ केजी रहेको छ।