चलचित्रको पर्दामा पहिलो पटक तेस्रो लिंगी भएर अभिनय गरेका नायक राजेश हमालले अभिनय गरेको चलचित्र ‘शकुन्तला’को ट्रेलर सार्वजनिक भएको छ । वुधबार चलचित्रको प्रचार प्रसार छोड्दै अमेरिका उडेका हमाललाई एक्शन अवतारमा प्रस्तुत गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा हमालले बोलेका संवाद र एक्शन निकै आर्कषक देख्न सकिन्छ । राजेश हमाल जस्तै ट्रेलरमा किशोर खतिवडालाई पनि एक्शन अवतारमा देखाइएको छ ।
चलचित्रमा अनु शाह, रविन्द्र बस्नेत, रवि गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । भदौ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दिनेश श्रेष्ठ निर्देशन गरेका हुन् । पहिलो पटक राजेश हमाल महिलाको भेषमा प्रस्तुत हुन लागेका कारण पनि अहिले यो चलचित्र दर्शकहरुका लागि विशेष बनिरहेको छ । तर नायक राजेश हमाल भने चलचित्रलाई बेवास्ता गर्दै वुधबार मात्र अमेरिका उडेका छन् ।