सलिनमान बानिया स्टारर फिल्म ‘यात्रा’को दोश्रो गीत रिलिज भएको छ। दशक अगाडि रिलिज भएको फिल्म ‘को आफ्नो’को ‘चट्ट रुमाल’ बोलको गीतलाई रिमेक गरी यस फिल्ममा समावेश गरिएको उक्त मंगलबार सार्वजनिक गरिएको हो।
बाबुराम दाहालको शब्द रचनामा तयार भएको यस गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ। पुरानो भर्जनको गीतमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए भने रि-एरेन्ज गरिएको गीतमा धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन्। गीतलाई राजन इशानले रि-एरेन्ज गरेका छन्।
भिडियोमा सलिनमान बनिया, सलोन बस्नेत, डेब्यु नायिका मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन्। भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ।
सम्राट शाक्यको निर्देशनमा तयार भएको यस फिल्ममा जयनन्द लामा, धिरेन शाक्य , राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, देशभक्त खनाल, कमल मैनाली लगायतको पनि अभिनय रहेको छ।
‘कोटकी कालिका देवी फिल्मस्’, ‘क्रिएटिभ फिल्म प्रोडक्सन’ र ‘हरि ओम सिने मेकर्स’को ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताका रुपमा रहेका छन्। फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन्।